काठमाडौं, २६ असोज । काबुलमा पाकिस्तानद्वारा गरिएका हवाई आक्रमणपछिको प्रतिक्रियास्वरूप, शनिबार राति अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा कडा भिडन्त भएको छ ।
दुवै मुलुकका सुरक्षा अनुसार तालिबान लडाकुहरूद्वारा पाकिस्तानी सीमा पोस्टहरूमा हमला गरिएपछि दुबै पक्षबीच भीषण गोलीबारी भएको हो । पाकिस्तानी सुरक्षाकर्मीहरूले अफगान भूमि हुँदै भएको ‘अप्रत्याशित आक्रमण’लाई तीव्र प्रतिक्रियासहित जवाफ दिएको जनाएका छन् ।
उनीहरूका अनुसार सीमाका कम्तीमा छ स्थानमा गोलीबारी भएको छ । त्यसैबीच, तालिबान पक्षले तीनवटा पाकिस्तानी सीमा चौकी नियन्त्रणमा लिएको दाबी गरेको छ । पाकिस्तानले पनि जवाफी कारबाहीमा कैयौं अफगान पोस्टहरू ध्वस्त पारेको दाबी गरेको छ । सार्वजनिक गरिएका भिडियोजमा अफगान भूमिमा तोप र भारी हतियार प्रहार भइरहेको देखिन्छ ।














