जनकपुर, २५ असोज। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले असोज २८ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेका छन्।
सो बैठकमा मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने तयारी गरेका छन्।
हाल सिंह अल्पमतमा परेका छन् भने नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीको अर्को समूहले वैकल्पिक सरकार गठनका लागि ५८ जना सांसदको समर्थनसहित दाबी गरिसकेका छन्।
बहुमतका लागि ५४ मत आवश्यक छ। जनमत पार्टीको निर्देशनविपरीत सिंहले फेसबुकमार्फत दिएको राजीनामा औपचारिक नबनेपछि सत्ता संकट चुलिएको हो।
पार्टीले उनलाई फिर्ता बोलाएपछि आन्तरिक विभाजन अझ गहिरिएको छ। आगामी असोज २८ गतेको प्रदेश सभा बैठक मधेशको नयाँ सत्ता समीकरण तय गर्ने निर्णायक मोडको रूपमा हेरिएको छ।
यदि सिंहले विश्वासको मत पाउन असफल भए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।














