काठमाडौं, २५ असोज। नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन।
शुक्रबारको बैठकमा रातिसम्म ८ घण्टाभन्दा बढी बसेकाले थकित भएकाले आज आराम गरेर भोलि बैठक निरन्तर रहने रिमालले बताए ।
बैठक भोलि ११ बजे बस्नेछ ।














