काठमाडौं, २४ असोज । सरकारले राजपत्रांकित प्रथम श्रेणीका १५ जनाको सहसचिवहरूको सरुवा गरेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले सहसचिवहरूको स्थानान्तरण सम्बन्धी बताएको छ ।
सरकारले प्रशासनिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन नियमित रुपमा यस्ता सरुवा र पदस्थापन गर्दै आएको छ ।














