काठमाडौं, २४ असोज । आज राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन् ।
जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीलय बैठक बोलाएका हुन् ।
राष्ट्रपतिको सचिवालयले दिएको जानकारी अनुसार बैठक शुक्रबार दिउँसो चार बजे बस्नेछ ।
बैठकको लागि प्रधानमन्त्री कार्कीसहित विभिन्न राजनीतिक दलका नेतालाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।














