काठमाडौं, १७ असोज । नयाँ राजनीतिक दल उज्यालो नेपाल पार्टी (उनेपा) ले ऊर्जा मन्त्री कुलमान घिसिङसँग पार्टी निर्माण र घोषणापत्रको मस्यौदा सम्बन्धमा छलफल गर्न लागेको छ ।
शनिबार साँझ ७ देखि ९ बजेसम्म हुने भर्चुअल बैठकमा घिसिङका तर्फबाट विज्ञहरू पनि सहभागी हुनेछन् । पार्टीका रहने अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङका अनुसार, दल विस्तारको क्रममा देश–विदेशका विज्ञहरूसँग पनि संवाद जारी छ ।
उज्यालो नेपाल अभियानमार्फत सुरु भएको यो दलले निर्वाचन आयोगमा दर्ता निवेदन पनि दिइसकेको छ । पूर्व आम जनता पार्टीका सदस्य ज्ञानेन्द्र तामाङले नेतृत्व गरेको पार्टीका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष नारायण पाण्डे, रमेश थपलिया, सागर पाण्डेय, महासचिव प्रशान्त केसी तिमल्सिना, कोषाध्यक्ष विमला तामाङलगायत छन् ।
यद्यपि कुलमान घिसिङको औपचारिक रूपमा दलमा संलग्नताको पुष्टि भइसकेको छैन, उनी अभियानमा सक्रिय देखिएका छन् ।














