जनकपुर, १७ असोज । जिल्ला महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६४ नम्बरको बस शुक्रवार बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको छ ।
दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गरेर अस्पताल पठाएको छ ।
दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।














