काठमाडौं, १३ असोज । जेनजी आन्दोलनमा सहभागी थप एकजना घाइतेको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा उपचारका क्रममा ३६ बर्षिय लक्ष्मण राईको निधन भएको हो । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईलाई २४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेको थियो ।
राईलाई बालाजुबाट ल्याएर ट्रमा सेन्टरमा राखी उपचार भइरहेको बेला आज पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले पुष्टि गरे ।
उनीसँगै जेनजी आन्दोलनमा ज्यान जानेहरुको संख्या ७६ पुगेको छ । उनीहरुमध्ये १० जना कैदीबन्दी छन् ।














