काठमाडौं, ११ असोज । सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र वितरण गर्ने भएको छ ।
घाइतेहरुको पहिचान र उपचारमा सहजीकरण गर्न आइतबारदेखि परिचय पत्र वितरण गरिने गृहमन्त्रालयले बताएकोछ । त्यस्तै घाइतेहरुको उपचारका लागि काठमाडौँ उपत्यका र बाहिर अस्पताल तोक्ने र त्यहाँ जेनजी क्लिनिक सञ्चालन गर्ने समेत मन्त्रालयले जनाएको छ ।
त्यस्तै घाइतेहरुको वर्गिकरणका लागि उपचारका संलग्न चिकित्सको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ ।
पुनः चेकजाँचका लागि घाइतेहरुलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।














