काठमाडौं, १० असोज । आज बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच शीतल निवासमा भेटवार्ता भएको छ ।
भेटमा दुई जनाबीच समसामियक विषयमा छलफल भएको जानकारी दिँदै स्रोतले विस्तृत खुलाएन । यसअघि बुधबार मात्र उनीहरूबीच भेटवार्ता भएको थियो ।
त्यसपछि राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए । त्यसको एक दिनपछि राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेकी हुन् ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको काँधमा फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी छ ।














