काठमाडौं, ९ असोज । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ ।
हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय सरोज थापा छन् । थापागाउँ नै घर भएका सरोजले चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दले बताएका छन ।
दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएका छन । हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
मृत महिलाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।














