काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।
जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।
उनले सम्बोधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ ।
मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन् । प्रधानमन्त्रीको सम्बोधनअघि आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् ।














