काठमाडौं, ६ असोज । नव नियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले कार्यभार ग्रहण गरेसँगै पहिलो निर्णयस्वरूप देशका १० प्रमुख शहरका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।
मन्त्रालयमा कार्यभार सम्हाल्ने क्रममा मन्त्री खरेलले कर्मचारीहरूबाट प्राप्त प्रारम्भिक प्रस्तावमा केही थप सुझाव दिँदै, सेवा तत्काल लागू गर्न निर्देशन दिएका थिए ।
निर्णय अनुसार काठमाडौं बाहेक अन्य प्रमुख शहरका सार्वजनिक स्थानहरूमा यो सेवा उपलब्ध गराइनेछ ।
यो निर्णयलाई डिजिटल पहुँच बढाउने र सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।














