काठमाडौं, ६ असोज । प्रतिनिधि सभा विघटन भएसँगै राष्ट्रिय सभाले आफ्नो भूमिका सक्रिय रूपमा खोज्न थालेका छन् ।
सरकारले राष्ट्रिय सभाको अधिवेशन समेत अन्त्य गरेपछि सांसदहरूले संसदीय विषयगत समितिहरू मार्फत सक्रियता देखाउन थालेका छन् । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर प्रतिनिधि सभा नभएको अवस्थामा राष्ट्रिय सभाको सम्भावित भूमिकाबारे छलफल गरेका छन् ।
बैठकमा उपाध्यक्ष विमला घिमिरे, विभिन्न दलका नेताहरू, समितिका सदस्यहरू र राष्ट्रिय सभा सचिव सहभागी थिए ।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय सभाले निर्वाह गर्न सक्ने भूमिकाबारे गहन छलफल गरिएको सचिवालयले बताएको छ ।
यसअघि पनि अध्यक्ष दाहालले असोज २ गते विषयगत समितिका सभापतिहरूसँग परामर्श गरेका थिए ।ाइतबार राष्ट्रिय सभाअन्तर्गतका तीन विषयगत समितिहरू विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बसेका थिए ।














