काठमाडौँ, ५ असोज । सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।
जेनजी आन्दोलनका क्रममा बल प्रयोग गरी हत्या र भोलिपल्ट देशभर तोडफोड र आगजनी भएको थियो । आईतवार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको छ ।
समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् । समितिलाई ३ महिनाको समय दिइएको गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिए ।














