काठमाडौं, ५ असोज । नेपाल र वेस्ट इन्डिजबीच युएईमा आयोजना हुने युनिटी कप टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीले अब युएईको भिसा पाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिता सेप्टेम्बर २७ देखि ३० सम्म हुनेछ । यसमा नेपाली र वेस्ट इन्डिजका राष्ट्रिय टोलीबीच भिडन्त हुनेछ ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, खेलाडीहरूको भिसा प्रक्रिया पूरा भइसकेको छ र नेपाली राष्ट्रिय टोलीका सदस्यहरू सोमबार युएई प्रस्थान गर्ने तय भएको छ ।














