काठमाडौं, ५ असोज । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएका छन् ।
बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रक्रिया, मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँड र अन्य तात्कालिक सरकारी कामकारबाहीबारे छलफल हुने सरकारीले बताएको छ ।
हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् मात्रै रहेकाले आजको बैठकले थप मन्त्री नियुक्ति गर्ने निर्णय लिने अपेक्षा गरिएको छ ।














