जनकपुर, ३ असोज। धनुषा जिल्लामा तत्मा समुदायभित्र सामाजिक, सांस्कृतिक र बौद्धिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले गठित तत्मा बौद्धिक समाज, धनुषाले दशैं, दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्न लागेको छ।
कार्यक्रम भोलि शनिबार दिउँसो १२ बजेदेखि जनकपुरधाम–८, जानकी नगरस्थित शुभतारा इंग्लिश बोर्डिङ स्कुलमा हुने भएको समाजले जनाएको छ। सो कार्यक्रममा करिब ३०० जना सहभागी हुने अनुमान गरिएको छ।
समाजका अध्यक्ष इ. राम बाबु दासका अनुसार कार्यक्रमको तयारी सम्पूर्ण रूपमा पूरा भइसकेको छ र यसले समुदायमा आपसी एकता, सौहार्द र संस्कृतिप्रतिको सम्मानलाई अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।














