काठमाडौं, ३ असोज । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उर्जा मन्त्रालयको मर्मतसम्भारको जिम्मा निजी क्षेत्रले लिने प्रस्ताव पेश गरेका छन् ।
स्वतन्त्र उर्जा उत्पादक संघका पदाधिकारीहरुले उर्जामन्त्री कुलमान घिसिङलाई भेटेर यस्तो प्रस्ताव राखेका हुन् । विहीवार साँझ भएको भेटमा इप्पानका उपाध्यक्ष भरत खत्रीले उर्जा उत्पादकहरु मिलेर मन्त्रालयको मर्मत सम्भार,रंगरोगनलगायत पुर्ववत अवस्थामा लैजाने प्रस्ताव राखेका थियो ।
इप्पान उपाध्यक्ष खत्रीले आफ्नो तालुक मन्त्रालय जलेकोले संरचना निर्माणमा सघाउनका लागि मन्त्रीलाई निजी क्षेत्रले साथ दिने बताए ।
विषम परिस्थितिमा उर्जा व्यवसायीले मन्त्रालयसहित मातहत कार्यालयहरु पुन निर्माणलगायत आवश्यक सहयोग गर्ने प्रस्ताव मन्त्रीसमक्ष राखेको उर्जा मन्त्रालयका सहसचिव शम्भु मरासिनीले नेपाल प्रेसलाई बताए ।
मन्त्रालयका २७ वटा गाडी जलेर नष्ट भएको भन्दै उनले निजी क्षेत्रसँग मिलेरै सरकारले काम गर्ने जनाए ।














