KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

खुला आकाशमुनि पाल राखेर सर्वोच्चमा सुनुवाइ शुरु

खुला आकाशमुनि पाल राखेर सर्वोच्चमा सुनुवाइ शुरु

काठमाडौं, २ असोज । बिहान साढे ११ बजेको घाम चर्किएको थियो। गएरातिको झरीले भुईंमा पानीका आहाल बनाएका थिए ।

आगजनीपछि फैलिएको धुलो र पानी मिसिएर बनेको कालो हिलोको गन्ध पालभित्र अझै फैलिएको थियो ।
अदालतका कर्मचारीहरूले पालभित्र अस्थायी इजलास तयार पारेका थिए ।

अगाडि एउटा कुर्सी र टेबुल, छेउमा अर्को सानो कुर्सी र टेबुल, र ठीक सामुन्ने न्यायाधीशका लागि कुर्सी राखिएको थियो । पछाडिपट्टि लहरै तीनवटा बेञ्च मिलाएर राखिएका थिए ।
सर्वोच्च अदालतको क्यान्टिन अगाडिको खुला मैदानमा खडा गरिएको यो पालभित्र अत्यन्त गर्मी थियो । करिब साढे ११ बजेतिर अधिवक्ता बिरेन्द्र पाठक पसिना पुछ्दै पालभित्र पसे र मुद्दाको फाइल पल्टाउन थाले ।

त्यसको केही बेरमै न्यायाधीश सपना प्रधान मल्ल आफ्नो सहयोगीसँग पालभित्र छिरिन्। अदालतका कर्मचारी र कानुन व्यवसायीहरू उठेर उनलाई नमस्कार गरे। पालबाहिर पनि हेर्नेको भिड थियो। त्यसपछि उनले पालभित्रै बसेर सुनुवाइ सुरु गरिन् ।

२४ भदौको आगजनीपछि खरानी बनेको सर्वोच्च अदालतले नौ दिनपछि सांकेतिक रूपमा भए पनि न्यायिक कामकाज सुरु गरेको हो। आगजनीबाट बाँकी रहेका केही कुर्सी र टेबुल र एउटा त्रिपालको सहारामा सर्वोच्च अदालतले खुला आकाशमुनि इजलास सञ्चालन गरेको हो ।

तर पालभित्रको अवस्था अत्यन्त असहज थियो। यदि त्यही बेला झरी परेको भए न्यायाधीशदेखि कागजातसम्म सबै भिज्ने खतरा थियो। आधाजस्तो खुला इजलासमा दुई तिर सुरक्षाकर्मी खटाइएका थिए । अधिवक्ता पाठकले बेञ्चबाट उठेर आफ्नो पक्ष राख्न थाले। उनले बाँके कारागारमा रहेका फिरोज आलमलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न माग गरे।

मामलो यस्तो रहेछ—फिरोजले जग्गा धितो राखेर ऋण लिएका थिए, तर अरूको जग्गा कीर्ते गरेर लिएको आरोप लागेपछि उनलाई थुनामा पठाइएको थियो। जिल्ला अदालतको आदेशलाई उच्च अदालत, तुलसीपुरले पनि सदर गरिसकेको थियो।

सर्वोच्चमा मुद्दा आइपुगेपछि न्यायाधीशले जिल्लाबाट फाइल मगाउने आदेश गरेका थिए, तर त्यसकै केही दिनमा सर्वोच्चमा आगजनी भएको थियो ।
फेरि सुरुबाट प्रक्रिया दोहोर्याउँदा ढिलो हुने र आफ्नो क्लाइन्ट अन्यायमा पर्ने भन्दै अधिवक्ता पाठकले तुरुन्त आदेश गर्न माग गरे। सडकको कोलाहल र पालभित्रको भीडका कारण बहसको आवाज सुन्नै कठिन थियो ।

न्यायाधीश प्रधानले ध्यानपूर्वक बहस सुनेर नोटबुकमा टिपोट गरिन्। करिब १० मिनेटको बहसपछि उनले भनिन्, “फाइल मगाउने आदेश गरिदिन्छु।” उनले इजलास अधिकृतलाई आदेशको मस्यौदा बनाउन लगाइन् ।
फाइलहरू जलेर नष्ट भएकाले मुद्दाको पक्षबाटै कागजात उपलब्ध गराउनुपर्ने हुनसक्ने भन्दै उनले कानून व्यवसायीहरूसँग पनि सल्लाह गरिन्। त्यसपछि उनी पालबाट बाहिर निस्किइन्। इजलास अधिकृतले फाइल र नोटकपि उठाए र पालभित्र कुर्सी र बेञ्च मात्र बाँकी रह्यो ।
केही बेरमा अधिवक्ता कमलेश द्विवेदी र मोहना अन्सारी पालभित्र पसे। उनीहरूले फाइल पल्टाइरहेका बेला न्यायाधीश कुमार रेग्मी र इजलास अधिकृत पनि आए। उनीहरू आउनुअघि सर्वोच्चका न्यायाधीशहरूले एनेक्स भवनमा गोला प्रक्रियाबाट इजलास तोकेका थिए।
न्यायाधीश रेग्मी पालभित्र बसेपछि अर्को बन्दीप्रत्यक्षीकरणको निवेदन पेश भयो। संक्षिप्त सुनुवाइपछि उनले नोटकपिमा केही लेखे र इजलास उठ्यो। करिब आधा घण्टामा दुईवटा एकल इजलासको सुनुवाइ सम्पन्न भयो ।

ठाउँको अभावका कारण एउटै पालमा पालैपालो दुईवटा इजलास चले। सर्वोच्च अदालतले तत्कालका लागि बन्दीप्रत्यक्षीकरण र केही अति आवश्यक मुद्दाको मात्र सुनुवाइ गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, पूर्ण बैठक (फुल कोट) को निर्णयअनुसार पालमा सुनुवाइ सुरु गरिएको हो।
“अब विस्तारै अन्य अत्यावश्यक मुद्दाहरूको प्रक्रिया पनि अघि बढ्छ,” उनले भने, “तर दशैंअघि भने थप सेवा विस्तार हुन सक्ने देखिँदैन। दशैंपछि मात्र थप प्रक्रिया अघि बढाउने योजना छ।”

आगजनीका कारण अदालतका अधिकांश फाइलहरू जलेका छन् र सूचना–प्रविधि प्रणालीको सर्भरमा पनि क्षति पुगेको छ। यसले गर्दा अनलाइनसम्बन्धी सबै काम पूर्ण रूपमा अवरुद्ध छन्।

Facebook Comment

Related Posts

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar