काठमाडैं,१ असोज। बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस प्रदेश संसदीय दलले प्रदेशसभा सञ्चालनमा समयानुकूल निर्णय गर्ने भएको छ ।
प्रदेशसभा सञ्चालन सम्बन्धी संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग संवाद गर्ने र समायनुकूल निर्णय गर्ने दलको बैठकले निर्णय गरेको हो । बागमतीका मुख्यमन्त्रीसमेत रहेका दल नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार भएको भर्चुअल बैठकमा जेनजीहरूको आन्दोलनपछि विकसित घटनाक्रमको समीक्षा र प्रदेश सरकार सञ्चालनको सम्बन्धमा छलफल भएको संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिनुभए ।
दल बैठकले प्रदेशसभा संसदीय समितिलाई थप क्रियाशील बनाउने निर्णय पनि गरेका छन । यद्यपि, हेटौंडा उपमहानगरपालिका–१०, स्थित प्रदेशसभा सचिवालयको नयाँ र पुरानो दुवै भवन २४ भदौमा भएको तोडफोड र आगजनीबाट ध्वस्त भएका छन ।
यसैगरी, जेनजीहरूको प्रदर्शनको क्रममा संघीय व्यवस्थापिका, प्रदेश सभा, संघीय तथा प्रदेश कार्यपालिका तथा न्यायलयहरु, स्थानीय तहका भौतिक संरचना, राजनितिक दलका विभिन्न तहका कार्यालय, राजनितिक नेतृत्व, सञ्चार गृह तथा उद्योगी, सुरक्षा निकाय र निजी आवास, सवारीसाधन, व्यापरिक केन्द्रमा भएका आगजनी र तोडफोडका घोर भत्र्सना गर्ने निर्णय गरेका प्रवक्ता लामिछानेले बताए ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र बहालवाला पराष्ट्रमन्त्री डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको भत्सर्ना गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कडा कारबाहीको माग बैठकले गरेका छन । दलका बैठकले संविधान, राष्ट्रियता र लोकतन्त्रको मूल मर्मअनुसार मुलुकलाई निकास दिएकोले राष्ट्रपति रामचन्द्र पौडेलप्रति उच्च सम्मान र कृतज्ञता व्यक्त गरेको प्रवक्ता लामिछानेले बताएका छन














