काठमाडौँ, ३१ भदौं । जेन–जी सहिदहरूका नेपाल सरकारका मन्त्रीहरूले राष्ट्रिय झन्डा ओढाएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदहरूलाई राष्ट्रिय झन्डा ओढाएका हुन् । त्यस्तै वनकालीतर्फ हंसमण्डपबाट सशस्त्र प्रहरीले सलामी अर्पण गरेका थिए ।
त्यसअघि त्रिवि शिक्षण अस्पतालबाट महाराजगन्ज, चावहिल, गौशाला हुँदै आर्यघाटसम्म शवयात्रा निकालिएको थियो । सरकारले हिजै मृतकका परिवारलाई काजकिरियाका लागि एक लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
जेन–जीको आन्दोलनका क्रममा निधन भएकाहरुलाई सरकारले सहिद घोषणा गर्दै उनीहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाइने भएको छ ।














