जनकपुर,२८ भदौ । जनकपुरस्थित जनकीचोकका केही युवाहरूले आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवारी बोध गर्दै जनकी प्रहरी चौकीलाई विभिन्न सरसफाइ सामग्री सहयोग गरेका छन् ।
हालै जेनजीको आन्दोलनका क्रममा जनकी प्रहरी चौकीमा तोडफोड भएको थियो । त्यसैको क्षतिपूर्ति स्वरूप स्थानीय युवाहरूले स्वेच्छिक रूपमा प्रहरी चौकीमा सरसफाइ तथा दैनिक उपयोगका सामग्री सहयोग गरेका हुन् ।
सहयोग सामग्रीहरूमा साबुन, सरफ, डोल, झुल, क्लिनिङ ब्रसलगायत सरसफाइका सामानहरू रहेका छन् । सहयोग गर्ने युवाहरूमा राजाबाबु राय, मोहम्मद यस लगायत अन्य स्थानीय युवाहरू सहभागी थिए ।
उक्त कदमको प्रहरी प्रशासनले स्वागत गर्दै यस्तो सकारात्मक कार्यले समुदाय–प्रहरी सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।














