काठमाडौं, २८ भदौं । निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ ।
शनिबार बिहान पत्रकारहरुसंगको कुराकानीमा निर्वाचन आयोग निर्वाचन गराउन तयार रहेको बताएका हुन् । हामी निर्वाचन गराउन जहिले पनि तयारै छौँ,’ उनले भने ।
मन्त्रिपरिषद्ले आकार लिएपछि यस विषयमा ठोस छलफल होला । हाम्रो तर्फबाट आजैदेखि तयारीमा लाग्छौँ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएलगत्तै उनको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते चुनाव तोकिसकेका छन् ।
कार्की ६ महिनामा चुनाव गराउने गरी शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् ।














