काठमाडौं, २६ भदौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
विभिन्न अस्पतालमा उपचाररत दुई जना घाइतेको बिहीबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आन्दोलनका क्रममा घाइते भएका मध्ये १ हजार ३३० जना डिस्चार्ज भइसकेका छन् ।
हाल ३२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ७२ जनालाई सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको छ ।
आन्दोलनका क्रममा १ हजार ७७० जना घाइते भएको मन्त्रालयले जनाएको छ ।














