काठमाडौं, २६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान राजनीतिक संकट समाधानका लागि संविधानमै तोकिएका प्रावधानलाई आधार मानेर अघि बढ्न आग्रह गरेकी छन् ।
बुधबार सार्वजनिक गरेको वक्तव्यमा उनले प्रधानमन्त्रीले राजीनामा दिएर सरकार कामचलाउ अवस्थामा पुगेको सन्दर्भमा नयाँ मन्त्रिपरिषद् गठनका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको सहकार्यमा वैधानिक प्रक्रिया सुरु गर्न सकिने जनाइन् ।
भण्डारीले राष्ट्रपतिलाई राजनीतिक दलहरूसँग छलफल गरी वैधानिक निकासको पहल गर्न सुझाव दिँदै जेन जी पुस्ताले उठाएका माग र आकांक्षालाई सम्बोधन गर्ने गरी समाधान खोजिनुपर्नेमा जोड दिइन् ।














