काठमाडौं, २५ भदौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न जेनजीको एउटा टिम जंगीअड्डामा पुगेको छ ।
उक्त टिमसँगै व्यवसायी दुर्गा प्रसाईं पनि जंगीअड्डामा छन् । ‘हामी नेपाल’ नामक टिमले प्रधानसेनापतिसँग वार्ता अघि बढाएको हो । यही टिमले जेनजी आन्दोलनको सुरुवाती उद्घोष गरेको थियो ।
टिमबाट १५–१६ जनाको टिम जंगीअड्डामा रहेको स्रोतले जनाएको छ । ’ एक जेनजी प्रतिनिधिले भने ‘दुर्गा प्रसाईं पनि जंगीअड्डामा हुनुहुन्छ र आवश्यक परे उहाँ पनि वार्तामा बस्नुहुन्छ ।














