काठमाडौं, २५ भदो । मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु भएका छन् ।
बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको अस्पताले पुष्टि गरेका छन् । अस्पतालका अनुसार २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको छ ।
मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा घाइते भएर अस्पताल लगिएको थियो ।
मृत्यु हुने दुवै जनालाई पेटमा गोली लागेको थियो । बयोधा अस्पतालमा हाल ९ जना घाइतेको उपचार भइरहेको छ ।














