विराटनगर, २५ भदौ । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ ।
कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि प्रहरीले हवाई फायर गरेको हो । कैदीबन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए ।
भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको हो । हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ ।
कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य छ । मोरङ कारागारमा एक हजार १ सय बढी कैदीबन्दी छन् ।














