काठमाडौं, २५ भदौ । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेको छ ।
कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेको हो ।
कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको अर्यालले बताएको हो । अहिले कारागारमा आगोको मुस्लो आइरहेको कारागार प्रशासक बाबुराम अर्यालले बताए ।
कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।














