काठमाडौं, २४ भदौं । नेपाली सेनाले मन्त्री र प्रदेश प्रमुखहरूलाई सुरक्षित स्थानमा राखेको जनाएको छ ।
मंगलबार विहानैदेखि आक्रोसि रहेका प्रर्दशनकारीले नेताका घरघरमा आगजनी र तोडफोड गरेपछि मन्त्रीहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको हो ।
सेनाका एक अधिकारीले जनाएअनुसार सेनाको सुरक्षामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ । उनीहरूलाई विभिन्न स्थानबाट ओसारिएको सेनाका ती अधिकारीले बताए ।
यस्तै, केही नेताहरूलाई समेत सेनाले सुरक्षित स्थानमा राखेको जनाएको छ । मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।














