काठमाडौं, २४ भदौं । नेपालमा पछिल्लो समय भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको भन्दै भारतले शान्तिपूर्ण र संवादमार्फत समस्या समाधान हुने आशा व्यक्त गरेको छ ।
नजिकका मित्र र छिमेकीको हैसियतले हामी सबै सरोकारवालाले संयमता अपनाउने र कुनै पनि समस्या शान्तिपूर्ण तरिका र संवादमार्फत समाधान गर्ने आशा गर्छौँ,’ मंगलबार भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै भनिएको छ ।
भारतले मृतकहरूका परिवारहरूप्रति समवेदना व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामीले हिजोदेखि नेपालमा भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ र धेरै युवा जीवनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्छौँ ।
मृतकहरूका परिवारहरूप्रति हाम्रो समवेदना र प्रार्थना छ। घाइतेहरूलाई छिटो स्वास्थ्य लाभको कामना गर्दछौँ । त्यस्तै काठमाडौँ र नेपालका अन्य धेरै सहरहरूमा निषेधाज्ञा लगाएको भन्दै नेपालमा रहेका आफ्ना नागरिकलाई नेपाली अधिकारीहरुले जारी गरेका निर्देशन पालना गर्न समेत आग्रह गरेको छ ।
नेपालमा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरूले जारी गरेका निर्देशन र कदमहरू पालना गर्न सल्लाह दिइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।














