काठमाडौँ, २३ भदौं । भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताका युवाहरूले सोमबार काठमाडौँमा गरेको आन्दोलनबाट १०७ जना पक्राउ परेका छन् ।
पक्राउ परेका उनीहरूलाई बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको उपत्यका प्रहरी कार्यालय एसएसपी शेखर खनालले जनाएको छ ।
उक्त आन्दोलनमा १८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने दुई सय जना भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।














