काठमाडौं, २३ भदौं । काठमाडौँको नयाँ बानेश्वर सडक क्षेत्रमा प्रदर्शनकारी फेरि भेला भएका छन् ।
केहीबेर अघि सेनाले नियन्त्रणमा लिएको भनिएको त्यस क्षेत्रमा प्रदर्शनकारीहरू फेरि भेला भएर प्रदर्शन गर्न थालेका हुन् । बिहान माइतीघरदेखि सुरु भएको शान्तिपूर्वक सुरु भएको जेन जीको प्रदर्शन बानेश्वर पुगेपछि हिंसात्मक बनेको थियो ।
बानेश्वरमा रहेको संसद् भवनमा जेन जीहरू तोडफोड गर्दै छिरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर हालसम्म १८ जनाको ज्यान गइसकेको छ भने २०० बढी घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी छ ।
बानेश्वर क्षेत्र दिनभर तनाग्रस्त भयो । त्यस क्षेत्रमा प्रशासनले कफ्र्यु पनि जारी गरेको छ । कफ्र्यु आदेश जारी भएपछि प्रदर्शन रोकिएन ।














