काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा भएकाले चारैतिरबाट हमला भइरहेको बताएका छन् ।
उनले हिजो एमालेमाथि अदालतको हमला भएको र आज साइबर हमला भइरहेको जनाएको हो । आइतबार गोदावरीमा दोस्रो विधान महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो जानकारी दिए ।
उनले महाधिवेशनमा पेस भएका प्रतिवेदन पूर्णताका लागि प्राप्त सुझावहरूलाई स्वागतयोग्य भएको बताएको छ । अध्यक्ष ओलीले प्रचुर विकसित मस्तिष्क सबभन्दा ठुलो पुँजी भएकोले वर्ग, वर्गीय पक्षधरता र समाजको वर्गीकरणमा व्यापक फेरबदल आएको स्मरण
गराएको हो । सामाजिक सञ्जालमाथि प्रतिबन्धबारे ओली– देशलाई हेपेको सहन सकिँदैन
सामाजिक सञ्जालमाथि प्रतिबन्धबारे ओली– देशलाई हेपेको सहन सकिँदैन
उनले वर्तमान संविधान एक ढङ्गले भन्नु पर्दा संविधानसभामा सहभागी राजनीतिक दलमाझ सहमतिको दस्ताबेज रहेको बताए । ‘यसलाई समयानुकूल र परिष्कृत गर्दै लैजानुपर्छ’, ओलीको भनाइ छ ।
एमाले र नेतृत्वमाथि हमलाको अर्को विषय, बहाना र ठाउँ नपाएपछि एमालेले जबज छाड्यो भनेर हल्ला फिँजाइएको ओलीको गुनासो छ । नेपाली मौलिकतासहितको अर्थ राजनीतिको विकास गर्नु नै नेपाली विशेषताको समाजवाद रहेको ओलीले चर्चा गरेका छन् ।














