विराटनगर, २२ भदौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको दूधपानी खोलाले मोटरसाइकल बगाउँदा मोटरसाइकलमा सवार सर्लाही हरिवानका मनिष पाँचकोटी बेपत्ता भएका छन् ।
उनकी श्रीमती सिलु खड्की घाइते भएकी छन् । खोला तर्ने क्रममा मोटरसाइकल सहित उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल बराह क्षेत्र नगरपालिका–१ दूधपानी खोला तर्दै गर्दा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
मोटरसाइकल काठमाडौँबाट धनकुटातर्फ आउँदै गरेको प्रहरीले जनाएको छ । घाइते खड्गीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।














