काठमाडौं, २१ भदौं । नेपालमा सूचीकरण नभएका मेटालगायत सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने सरकारले गरेको निर्णयको बिरोधमा उत्रिएका पाँच जनालाई पक्राउ परेका छन् ।
काठमाडौं नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) अगाडि प्रदर्शनमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘युथ कंग्रेस नेपाल’ नामक संस्थाद्वारा आयोजित प्रदर्शनका क्रममा सो संस्थाका महामन्त्रीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल र केन्द्रीय समिति सदस्यहरू सुजन राज गिरी, धिरज सञ्जेल र आशिष शर्मा रहेको जनाइएको छ ।
उनीहरूले मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर सांकेतिक विरोध प्रदर्शन गरेका थिए ।














