काठमाडौं, १७ भदौं । काठमाडौँको गंगबुमा पौने चार करोड रुपैयाँसहित पक्राउ परेका गोरखाका विनोदकुमार श्रेष्ठले रकम मिटर ब्याजमा लगाउने गरेको खुलासा भएको छ ।
काठमाडौँ महानगरपालिका २६ गंगबुस्थित उनको घरमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी शेखर खनालका अनुसार श्रेष्ठको घरबाट पौन चार करोड रुपैयाँ र सुनका गहना बरामद भएको छ ।
काठमाडौँ उपत्यका प्रहरीमा विशेष सूचना आएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो । अहिलेसम्म मोटामोटी उनको घरबाट बरामद रकम पौने चार करोडजति रकम छ ।
उक्त स्थानमा उपत्यका प्रहरी कार्यालयको विशेष टोलीसँगै काठमाडौँ जिल्ला प्रहरी परिसर र महाराजगञ्ज बृत्तको टोली खटिएको छ ।














