काठमाडौं, १६ भदौ । संघीय निजामती सेवा विधेयकमा अवकाश उमेरका विषयमा मतभेद भएपछि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट विधेयक अघि बढ्न सकेन ।
सरकारले अवकाश उमेर ५९ वर्ष प्रस्ताव गरेकोमा एमाले र कांग्रेस सांसदहरूले समर्थन जनाए पनि माओवादी केन्द्र र एकीकृत समाजवादी सांसदहरूले विरोध गरेका छन् ।
विवाद चर्किएपछि सोमबारको बैठक स्थगित गर्दै मंगलबार पुनः बस्ने निर्णय भएको छ ।














