काठमाडौं, १६ भदौ । अफगानिस्तानमा आइतबार राति गएको ६ म्याग्निच्युडको भूकम्पमा कम्तीमा ६२२ जनाको मृत्यु भएको छ भने १५ सयभन्दा बढी घाइते भएका छन् ।
भूकम्पको केन्द्र जलालाबाद नजिकै १० किलोमिटर गहिराइमा थियो । कुनारका तीन गाउँ ध्वस्त हुँदा त्यहाँ मात्रै ६१० जनाको मृत्यु भएको र नाग्गाहारमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताए ।
धेरै घरहरू भत्किएपछि उद्धार कार्य जारी छ र मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । तालिबान सरकारले उद्धार र राहतका लागि टोली परिचालन गरेको छ ।














