काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण थियानजिनस्थित जिनान जिल्लाको सिआओझानमा रहेको धान उत्पादन विशेष क्षेत्र अवलोकन गरेका छन् ।
प्रधानमन्त्री ओलीले आजै चीनका पूर्व प्रधानमन्त्री चाउ इन्लाई र उनकी पत्नी तेङ यिङ्चाओको सम्झनामा बनेको स्मृति संग्रहालय पनि घुमेका छन् । ओली भदौ १४ गतेदेखि चीनमा छन् ।
उनले सोही दिन चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेको थियो ।
उनी शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन् । राष्ट्रपति सीको निमन्त्रणामा भएको यो भ्रमण आगामी बुधबारसम्म जारी रहनेछ ।
प्रतिनिधि सभामा जानकारी दिँदै ओलीले भ्रमण मुलुकको समग्र हितमा केन्द्रित हुने विश्वास व्यक्त गरेका थिए ।














