काठमाडौं, ११ भदौ । रौतहटको चर्चित रुबी साह हत्या घटनामा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको मृत्यु भएका छन् ।
आत्मदाह प्रयासपछि गम्भीर घाइते बनेका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा बुधबार उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दियो ।
पासवानलाई रौतहटको माधवनारायण नगरपालिका–६ को बगैंचास्थित सडक किनारामा बिहान करिब साढे ६ बजे स्थानीयले जलेको अवस्थामा फेला पारेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनले पेट्रोल छर्केर आगो लगाएको देखिएको बताएको छ ।
गत शनिबार गौर बजार जाने भन्दै घरबाट निस्किएकी रुबी साह मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव सुटकेसभित्र प्याक गरेर फ्यालिएको अवस्थामा भेटिएको थियो ।














