काठमाडौं, १० भदौ । माइतीघर मण्डला उखु किसानहरूसँग पूर्वप्रधानमन्त्री बा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले धर्नामा बसेका छन् ।
उखु किसानहरूको आन्दोलनलाई समर्थन गर्न पुगेका अध्यक्ष नेपाल उखु किसानहरूसँग धर्नामा बसेको हो । यसअघि आज पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगेको थियो ।उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले आइतबारदेखि निरन्तर प्रदर्शनलाई जारी राखेका छन् ।
बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।
सोमबार उनीहरूले उखु नै बोकेर आन्दोलनमा सहभागी भएको थियो । उनीहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन उनीहरूले सरकारसँग माग गरेका छन् ।














