काठमाडौं, ९ भदौ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै पनि प्रकारको अभाव हुन नदिने गरी काम गरिरहेको जनाएका छन् ।
सोमबार हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुमगनका लागि पुगेका मन्त्री पौडेलले यस्तो जनाएकोृ हो ।
बिरामीको उपचारमा कुनै पनि प्रकारको अभाव र समस्या हुने स्थिति बन्न नदिनका लागि तिनै तहका सरकारले प्रयत्न गरिरहेको उनले बताएको छ ।
सरकारले प्राइभेट अस्पतालहरूलाई पनि किट उपलब्ध गराएर उपचारमा सहजता ल्याउने विषयमा हिजो बेलुका निर्णय भइसकेको भन्दै उनले हैजाका बिरामी उपचार भइरहेको तराई अस्पतालमा पुगेर यसबारेमा परामर्श गर्ने जनाएको छ ।














