जनकपुर, ८ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका झुटा आरोपको विरोधमा जनकपुरमा विशाल विरोध प्रदर्शन गरेको छ ।
जसपा नेपाल धनुषाको आयोजनामा भएको विरोध प्रदर्शन जनकचोकबाट शुरु भई भानुचोक, कदमचोक, विद्यापति चोक हुँदै पुनः जनकचोकमा पुगी कोण सभामा परिणत भएको थियो ।



















