काठमाडौं, ८ भदौं । विभिन्न माग गर्दै उखु किसानहरु धर्नामा बसेका छन् ।
उखु उत्पादक महासंघ नेपालले गत आ.व. ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नेपर्ने, मूल्य निर्धारण गर्दा कृषकलाई सहभागी गराउनुपर्ने, उखुको अनुदान भुक्तानी गर्नुपर्ने, उखुमा लगाएको भ्याट खारेज गर्नुपर्नेलगायतका माग गर्दै आजदेखि माइतीघरमा आन्दोलन सुरु गरेको छ ।
आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरुले भनेका छन ।
अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका किसान अगुवाहरू माइतीघर मण्डलामा भेला भएका छन् । किसानहरु उखु नै बोकेर सडकमा धर्ना बसेका छन् ।














