काठमाडौं, ५ भदौ । तारकेश्वरमा बुधबार राति श्रीमानले श्रीमतीको हत्या गरेको छ ।
हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ३३ वर्षीय भीमसेन मग्राती छन् ।
उनले आफ्नै श्रीमती ३५ वर्षीया शर्मिला मग्रातीको हत्या गरेको आरोप छ ।
विवाद भएपछि फरुवा प्रहार गरेर भीमसेनले श्रीमती शर्मिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
भीमसेनलाई राति नै प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।














