काठमाडौं, ३ भदौ । विपक्षी दलहरूको बैठक सुरु भएका छन ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आजै दिउँसो साढे २ बजे बस्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले बताएको छ ।
उपसभामुख हटाउनेगरी सत्तारुढ दलहरूको तयारीपछि विपक्षी दलहरू पनि छलफलमा जुट्न लागेको हो ।
‘उपसभामुखलाई हटाउने भनेर हस्ताक्षर अभियान नै सुरु भइसकेपछि एकैछिन बसेको पदाधिकारी बैठक विपक्षी दलहरूसँग छलफल गर्नु उचित हुने राय दिएपछि बैठक आह्वान भएको हो,’ प्रचण्ड सचिवालयका सदस्य गोविन्द आचार्यले भने ।














