काठमाडौं, ३ भदौ । नेपाल रुबेला रोगको जोखिमबाट पूर्ण मुक्त विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले घोषणा गरेका छन् ।
खोपमार्फत रोकथाम गर्न सकिने रुबेला उन्मुलनका लागि नेपालले निरन्तर प्रयास गरेको भन्दै डब्लुएचओले यसलाई उल्लेखनीय उपलब्धी बताए ।
सन् २०२५ जुलाई २२ देखि २४ सम्म बसेको डब्लुएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोग (एसईए–आरभीसी) को वार्षिक बैठकले खस्रा–रुबेला निगरानी र खोप वितरणबारे नेपालले पेस गरेको तथ्याङ्क र जानकारी समीक्षा गरी रुबेला उन्मूलन प्रमाणिकरण गर्न सिफारिस गरेको थिए ।
रुबेला (जर्मन खस्रा) अत्यन्तै संक्रामक भाइरल संक्रमण हो । गर्भवती महिलामा यो संक्रमण गम्भीर मानिन्छ । गर्भपतन, जन्म पूर्व नै शिशुको मृत्यु वा आजीवन अपाङ्गता ल्याउने जन्मजात समस्याहरू सिर्जना गर्छ ।
तर रुबेला सुरक्षित र सस्तो खोपबाटै पूर्ण रोकथाम गर्न सकिने रोग हो । दक्षिण–पूर्वी एशियामा नेपाल रुबेला उन्मूलन गर्ने छैटौँ देश बनेको छ ।
सन् २०२६ भित्र खस्रा र रुबेला उन्मूलन गर्ने लक्ष्यसहित दक्षिण पूर्वी–एशियामा भुटान, श्रीलंका, माल्दिभ्स, उत्तर कोरिया, र तिमोर–लेस्तेले खस्रा उन्मूलन गरेको छ ।














