काठमाडौं, १ भदौ । कैलालीमा केहि देखि घरबाट बेपत्ता भएकी महिला र छोरीसहित मृत फेला परेकी छन् ।
मृत भेटिनेमा घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले बताए ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनको रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको छ ।
उनकाअनुसार आमाछोरी एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका छन् । डगौरा छोरीसहित २९ साउनदेखि बेपत्ता थिइन् ।
खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो । उनी खोजीको क्रममा मृत भेटिएकी हुन् । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
डगौरा श्रीमान्, सासू र देवरदेउरानीसँगै घरमा बस्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।














